फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिगाचेद्वारा सक्रियताका साथ छ वटा सगरमाथा रणनीति बढाइरहेको

(GMT+08:00) 2018-05-10 18:40:14

    चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत सिगाचे समितिका उप सचिव छङ स छ्यूले मे दश तारिख चाइना मिडिया ग्रुपका पत्रकारहरूसँग अन्तर्वार्ता दिँदै सिगाचेले सक्रियताका साथ छवटा सगरमाथा रणनीति बढाइरहेको कुरा बताउनुभएको छ।

         उहाँले सिगाचेले सुन्दर सगरमाथा रणनीति कार्यान्वय गरिरहेको कुरा बताउनुभयो। सिगाचेले सगरमाथा प्राकृतिक आरक्षण क्षेत्रको निर्माण गरेको कुरा उहाँले पनि व्यक्त गर्नुभयो।

          साथै छङ स छ्यूले सिगाचेले सांस्कृतिक सगरमाथा रणनीति कार्यान्वयन गरिरहेको कुरा बताउनुभयो। गत वर्षमा सिगाचेका तीनवटा पूरातात्विक वस्तु विश्व सांस्कृतिक सम्पदाको नामावली निवेदन गरिएको पनि उहाँले बताउनुभयो।

          उहाँले सिगाचेले पनि व्यवसाय सगरमाथा रणनीतिलाई अगाडि बढाइरहेको कुरा बताउनुभयो। सिगाचेले विशेष पर्यटन व्यवसाय, दक्षिण एशिया परिवहन व्यवसायलगायतका सातवटा व्यवसायको विकास गरिरहेको बताउनुभयो।

          यसबाहेक, सिगाचेले सुखमय सगरमाथा रणनीति र कानूनी शासन सगरमाथा रणनीतिको विकास गरिरहेको छ। हालसम्म सिगाचेको या तुङ जिल्ला गरिबबाट सम्पूर्ण रुपमा मुक्त भइसकेको छ। केरुङ जिल्ला पनि गरिबबाट मुक्त हुने मादपण्ड पुगेको छ। सन् 2020सम्म सिगाचेका अठार वटा जिल्ला गरिबबाट मुक्त हुने छन्।

प्रतिभा

सीआरआई नेपाली सेवा

सिगाचे

1  2  
जानकारी तथा लेखहरु