फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म यहीँलाई सम्झिरहेको छु---दश वर्षपछि वनछ्वान बिनाशकारी भूकम्प केन्द्रमा सी चिनफिङ फेरि एक पटक

(GMT+08:00) 2018-05-11 13:55:22

सन् २००८ को मे १२ तारिख चीनको सछ्वान प्रान्तीय वनछ्वानमा गएको विनाशकारी भूकम्पले सम्पूर्ण चिनियाँहरूको मनलाई तानेको थियो। भूइचालो गएको केही समयमै तत्कालीन उप राष्ट्राध्यक्ष सी चिनफिङले भूकम्प प्रभावित क्षेत्र पुग्नुभई प्रभावित क्षेत्रमा उद्धार कार्यको निरीक्षण गर्नुभयो।

१० वर्षसम्म चलेको पुनर्निर्माण क्रममा सीले प्रभावित क्षेत्रका मानिसहरूमा ख्याल विचार गरिराख्र्नुभएको छ। चालू वर्षको फेब्रअरीमा सछ्वान प्रान्तको निरीक्षण गर्दा राष्ट्राध्यक्ष सीले भूकम्पको केन्द्रबिन्दू भएको वनछ्वान जिल्लाको यिङस्यौ टाउन्सिप पुग्नुभई त्यहाँको पुनरूत्थान अवस्था हेर्नुभएको छ।

संरक्षणमा माध्यमिक विद्यालयको भग्नावशेष

स्यानखौ माध्यमिक विद्यालयको भग्नावशेष वनछ्वान भूकम्पको केन्द्रमा पर्छ र हालसम्म एउटै मात्र राम्रोसँग संरक्षित गरिएको ठूलो भग्नावशेष हो। फेब्रअरी १२ तारिख विहान सी चिनफिङले स्यानखौ माध्यमिक विद्यालय भग्नावशेष पुग्नुभई भूकम्पमा परी मरेका देशबन्धुहरू तथा उद्धार कार्यमा आफ्नो ज्यान समर्पण गरेका हिरोहरूको लागि फूलमाला चढाउनुभयो।

एकतिहाई जनसंख्या गुमाएको यिङस्यौ टाउन्शिप

यिङस्यौ टाउन्सिपलमा १६ हजार मानिस बसोबास गर्दथ्ये। विनाशकारी भूकम्पमा परेर त्यहाँका एकतिहाई जनसंख्या मारिए। भूकम्पबाट सो क्षेत्रमा मात्र ४ अर्ब ५० करोड युआनको क्षति पुर्‍यायो। पुनर्निर्माणपछि यिङस्यौका सडक पूर्वाधार सुव्यवस्थित भएका छन् र पसलहरु पनि जताततै खुलेका छन्।


1  2  3  4  5  6  
जानकारी तथा लेखहरु