फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा

(GMT+08:00) 2018-05-11 15:11:27

         भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज शुक्रबार जनकपुर आउनु भएको छ। शुक्रबार बिहान साढे १० बजेपछि एअर इन्डियाको जहाजबाट मोदी जनकपुर आइपुग्नु भएको सेतोपाटी अनलाइनले लेखेको छ। मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थल पुगेर स्वागत गर्नुभएको छ।

         यस्तै मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुर पुग्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली कुर्ता, पाइजामा र गम्छा पहिरिएर जनकपुर पुग्नु भएको हो। ओली बिहानै हेलिकप्टरमा जनकपुर पुग्नु भएको हो। उहाँले मन्दिर परिसरको भ्रमणसमेत गर्नु भएको छ।

         प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँगै जनकपुरबाट रामायण सर्किटको उद्घाटन गर्नुहुनेछ।

जानकारी तथा लेखहरु