फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षित गरियो काष्ठमण्डपका काठ

(GMT+08:00) 2018-05-11 15:12:33

         भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा काष्ठमण्डपका अलपत्र अवस्थामा रहेका काठ नापनक्सासहित सुरक्षित स्थानमा सारिएको छ। वसन्तपुर दरबार क्षेत्र र ठूलो घण्टा छेउमा राखिएका काठलाई जिल्ला प्रहरी कार्यालयको पुरानो परिसरभित्र स्थानान्तरण गरिएको कान्तिपुर अनलाइनले लेखेको छ। शिवपार्वती मन्दिरको पश्चिम र दरबार क्षेत्र बाहिरको काठ शुक्रबार र शनिबार भित्र सारिने काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।

      'प्राय काठ पुनप्रयोग गर्न मिल्ने खालका छन्', काष्ठमण्डप पुनर्निर्माण समिति अध्यक्ष एवं काठमाडौं प्रदेश सांसद राजेश शाक्यले भन्नुभयो, 'पुनर्निर्माण्मा सकेसम्म पुरानै काठ प्रयोग गरिनेछ।' उहाँले चाडै नै लगत इस्टिमेट निकाली काम अघि बढाइने बताउनुभयो। 'महानगरपालिकाले सिड मनी राख्ने भएको छ,' उहाँले भन्नुभयो, 'प्रदेश र केन्द्र सरकारबाट पनि सहयोग मिल्ने पक्का छ।'

          सातौ शताब्दीमा बनेको पुष्टि भएको काष्ठमण्डपमा अहिले तार बारले घेरेर भित्र पस्न नमिल्ने छ।

जानकारी तथा लेखहरु