फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र उत्तर कोरियाका नेतास्तरीय भेटवार्ता सम्बन्धी अमेरिकी राष्ट्रपतिको घोषणा

(GMT+08:00) 2018-05-11 16:42:28
         अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनसँगको भेटवार्ता आउने जुन महिना 12 तारिख सिंगापुरमा आयोजना हुने जानकारी गराउनु भएको छ। उहाँले हिजो मे दश तारिख ट्वीटरमार्फत उक्त जानकारी गराउनु भएको हो। सो भेटवार्ताप्रति आफू निकै आशावादी रहेको भन्दै भेटवार्ता विश्व शान्तिलाई प्रवर्द्धन गर्ने"विशेष अवधि"बन्ने अपेक्षा पनि ट्रम्पले व्यक्त गर्नु भएको छ।

          उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषदका अध्यक्ष किम जोङ ऊनले मे नौ तारिख प्योगयाङमा अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओसँग भेट गर्नुभएको थियो। अमेरिकी परराष्ट्र मन्त्रीले उत्तर कोरिया भ्रमणमा रहँदा किम जोङ्ग ऊनलाई अमेरिकी राष्ट्रपतिको मौखिक सन्देश दिनुका साथै दुबै मुलुकका नेता स्तरीय भेटवार्ताका लागि समय र स्थान तयार गर्नुभएको हो। उत्तर कोरियाका सर्वोच्च नेता किमका अनुसार उत्तर कोरिया र अमेरिकाबीचको नेता स्तरीय भेटवार्ता एक "ऐतिहासिक भेटवार्ता" हुनेछ।

जानकारी तथा लेखहरु