फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनजापान मैत्रीपूर्ण सन्धिको चालीसौं वार्षिकोत्सवमा प्रधानमन्त्री ली

(GMT+08:00) 2018-05-11 16:42:56

        स्थानीय समयअनुसार मे दश तारिख मध्यान्ह चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले टोकियोमा जापानी प्रधानमन्त्री शिन्जो आबेसँगै चीन जापान मैत्रीपूर्ण सन्धि स्थापना भएको चालीसौं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ। चीन र जापानका राजनीतिक,आर्थिक र नागरिक क्षेत्रका लगभग दुई हजार व्यक्तिले सो कार्यक्रममा भाग लिएका छन्।

         प्रधानमन्त्री लीका अनुसार यो वर्ष चीन र जापानबीचको मैत्रीपूर्ण सन्धि स्थापना भएको चालीसौं वार्षिकोत्सव हो। यो सन्धिले कानुनी शैलीमार्फत《चीन जापान संयुक्त वक्तव्य》सम्बन्धी विभिन्न सिद्धान्तलाई सुनिश्चित गरेको छ। यी सिद्बान्तमा जापानले युद्ध गराउने जिम्मेवारलाई गहन आत्मविश्लेषण गर्नुका साथै एक चीनको अडानलाई कायम राखेको विषय समेटिएको छ।

         जापान भ्रमणमा रहनु भएका चिनियाँ प्रधानमन्त्री लीले जापानी नेतासँग पुरानो अनुभवको निचोडमा दुबै मुलुकबीचको सम्बन्धलाई सामान्य विकास बाटोमा फर्काउनेमा शृङ्खलाबद्ध सहमति पाउनुभएको छ। लीको भ्रमणले चीन र जापान सम्बन्ध सुधार तथा विकासका सामु नयाँ अवसर देखिएको छ। दुबै पक्षले सकारात्मक योगदान गर्दै आपसी सम्बन्धको सुधारका लागि नयाँ कदम चाल्ने समाचारमा उल्लेख छ।

         जापानी प्रधानमन्त्री सिन्जो आबेका अनुसार चिनियाँ प्रधानमन्त्री लीको जापान भ्रमणले दुबै मुलुकको सम्बन्धलाई सामान्य बाटोमा फर्काउन सफल भएको छ। आजदेखि यो सम्बन्ध समन्वय युगमा प्रवेश गरेको छ। जापान र चीनले हातमा हात मिलाएर संयुक्त यात्रा गरेमा कुनै पनि समस्याको समाधान खोज्न कठिनाई नहुने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु