फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कलकत्तामा चिनियाँ शिक्षा प्रदर्शनी

(GMT+08:00) 2018-05-11 16:43:22
        हिजो मे दश तारिख विहान भारतको कलकत्तका लागि चिनियाँ महावाणिज्य दूताबासले चीनको उच्च शिक्षा उपलब्धि तथा भर्ना २०१८ प्रदर्शनी समारोहको आयोजना गरेको छ। कलकत्ताका लागि चिनियाँ महावाणिज्यदूत मा चाआन उले सो प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ। चीन र भारत लामो इतिकास बोकेका मुलुक रहेको उल्लेख गर्दै उहाँले दुवै राष्ट्रमा धेरै महान् दार्शनिक जन्मिएका बताउनुभयो। शिक्षा सम्बन्धी आदानप्रदान नै चीन र भारतबीचको सम्बन्ध विशेष गरी मानवीय तथा साँस्कृतिक आदानप्रदानको महत्वपूर्ण विषय रहेको भन्दै विशेष गरी चीनमा अध्ययनरत भारतीय विद्यार्थी र भारतमा अध्ययनरत चिनियाँ विद्यार्थिले यी दुबै मुलुकबीचको विकास तथा प्रवर्द्धनका लागि महत्वपूर्ण भावार्थ सिर्जना गरेको उहाँले औँल्याउनुभयो।

         उहाँले जोड दिनुभएअनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ताले प्रचुर उपलब्धि पाउँदै धेरै महत्वपूर्ण सहमति सिर्जना भएको छ। सो प्रदर्शनीले दुबै मुलुकका नेताबिचको मानवीय साँस्कृतिक आदानप्रदानलाई मजबुत बनाउने कुरालाई व्यवहारमा उतारेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु