फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

    उत्तर कोरिया र अमेरिकाको वार्ताबारे चीनको प्रतिकृया

(GMT+08:00) 2018-05-11 18:32:57
           चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले आपसी नेताबीचको वार्ताको तयारी गर्न उत्तर कोरिया र अमेरिकाले सक्रिय प्रगति पाएकोमा चीनले स्वागत गर्नुका साथै सो वार्ताबाट सक्रिय उपलब्धि प्राप्त हुनसक्ने अपेक्षा गरेको बताउनुभयो।

          आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। हिजो मे दश तारिख अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्राम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनसँग आगामी जुन बाह्र तारिख सिंगापुरमा शिखर वार्ता गर्ने घोषणा गर्नुभएको छ। त्यसको प्रतिकृया दिँदै प्रवक्ता कङ श्वाङले सो वार्ताबाट कोरियाली प्रायद्वीपलाई आणविक रहित बनाउन, राजनीतिक रुपमा कोरियाली प्रायद्वीपको समस्याको समाधान गर्न र क्षेत्रीय दीर्घकालीन स्थिरता र सुरक्षित बनाउन महत्वपूर्ण कदम लिनसक्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु