फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिगाचेको बाइलिंग जिल्लामा कृषिद्वारा गरिबी निवारण

(GMT+08:00) 2018-05-11 18:40:01

         सिगाचेको बाइलिंग जिल्लाले गरिबी निवारणका लागि विशेष व्यवसायको विकास गरेको छ। बाइलिंग जिल्लाका अधिकारीकाअनुसार, स्थानीय भौगोलिक अवस्था, मौसमआदि अवस्थाबमोजिम अर्गानिक तरकारीबाली क्षेत्र, गोली बेरी बगैंचा, जौको सातु प्रशोधन काराखानाआदि विशेष व्यवसायको विकास गरेको छ।

         अर्गानिक तरकारी आधार क्षेत्रमा टमाटर, काँक्रो, बैगुनलगायतका सात किसिमका तरकारीको बाली लगाइन्छ। त्यहाँ उत्पादित तरकारी सिगाचेमा बिक्री गरिन्छ। तरकारीबाली आधार क्षेत्रका जिम्मेवार व्यक्तिले तरकारी आधार क्षेत्रले विश्वविद्यालयबाट स्नातक भएका चालीसभन्दाबढी स्थानीय विद्यार्थीलाई त्यहाँ रोजगारी दिएको बताउनुभयो। त्यहाँ रोजगारी पाएका विद्यार्थीहरूको आम्दानी हरेक महिना चार हजार चिनियाँ युआनदेखि दश हजार चिनियाँ युआनसम्म रहेको छ।

         गोली बेरी बगैंचा निर्माण हुनुअघि त्यहाँ कुनै बनस्पति थिएन। अहिले गोली बेरी बगैचा पनि बाइलिंग जिल्लाको गरिबी निवारणको महत्वपूर्ण परियोजना बनेको छ। बाइलिंग जिल्लाको गोलीबेरी चीनको निङ स्या व्है जातीय स्वायत्त प्रदेशको प्रसिद्ध गोली जस्तै बनेको छ। हाल बाइलिंग जिल्लाको गोली यूरोपेली संघको अर्गानिक खाद्य-पदार्थ प्रमाणित भएको छ भने भविश्यमा यूरोप र अमेरिकातर्फ निर्यात हुने लक्ष्य राखेको छ।

          का तुङ बस्तीको चम्बा प्रशोधन कारखानाले प्रत्यक्ष रुपमा स्थानीय वासिन्दाबाट जौ खरीद गरेर आम्दानी बढाएको छ। खास गरी कारखानाले किसान सहकारी स्थापना गरेको छ। जम्मा पाँच सय जना किसान यो सहकारीमा संलग्न भएका छन्। गत वर्ष यो कारखानाको कारोबार चार करोड चिनियाँ युआन पुगेको थियो।

सीआरआई नेपाली सेवाका लागि प्रतिभा

सिगाचे

जानकारी तथा लेखहरु