फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रम ओली र भारतीय प्रममोदीबीच भेटवार्तामा ५ समझदारी

(GMT+08:00) 2018-05-12 14:53:00

         नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नेपालको राजकीय भ्रमणमा रहनु भएका मोदी र ओलीबीच हिजो शुक्रबार साँझ भेटवार्ता भएको अनलाइन खबरले लेखेको छ।

         त्यसअघि दुई प्रधानमन्त्रीबीच शुक्रबार नै जनकपुरमा पनि भेट भएको थियो। पटनाबाट सीधै जनकपुर आउनु भएका मोदीलाई ओलीले जानकी मन्दिरमा स्वागत गर्नु भएको थियो। जनकपुरमा नागरिक अभिनन्दनपछि काठमाडौँ आउनु भएका मोदीले राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गर्नुभयो।

          त्यसपछि नेपाल र भारतका समकक्षीबीच द्वारिकाज होटलमा वान टु वान वार्तापछि द्वीपक्षीय वार्ता पनि भएको छ। लगतै दुई प्रधानमन्त्रीले अरुण तेस्रोको शिलान्यास गर्नुका साथै सम्बोधन गर्नु भएको थियो। नेपाल र भारतबीच कुनै सम्झौता भने भएनन्।

         तर, सम्बोधनका क्रममा दुई प्रधानमन्त्रीले आफूहरुका बीचमा भएका छलफल र सहमतिबारे जानकारी दिनुभयो।

         नेपाल ल्याण्डलक नरहोसः भारतीय प्रधानमन्त्री मोदीका अनुसार नेपाल ल्याण्डलक कन्ट्री नहोस्, ल्याण्डलिंक र वाटर लिंक होस् भन्ने प्रधानमन्त्री ओलीको यो भिजनलाई साकार गर्न भारतले हरसम्भव सहयोग गर्न प्रतिवद्ध छ।

         रक्सौल काठमाडौं रेल्वेको सर्वे छिट्टैः मोदीका अनुसार भेटमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएको सहमति र त्यसको कार्यान्वयनबारे छलफल भएको छ। केही काम भइसकेका छन् भने केही छिट्टै हुनेछन्। उहाँका अनुसार रक्सौल काठमाडौं रेल्वेको सर्वे छिट्टै हुनेछ। अघिल्लो महिना भएको ओलीको भारत भ्रमणका क्रममा रेल्वे निर्माणमा सहमति भएको थियो।

          स्वास्थ्यमा सहयोगः भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने सहमति भएको छ। मोदीका अनुसार भारतले भक्तपुर क्यान्सर अस्पतालमा भावा ट्रोमा रेडियो थेरापी मेसिन छिट्टै जडान गरिदिने छ।

          पञ्चेश्वरको डीपीआर छिट्टैः दुई देशका प्रधानमन्त्रीका अनुसार भेटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने सहमति पनि भएको छ। यसका लागि दुई देशको टिम छलफलमा बस्ने प्रधानमन्त्री ओलीले बताउनुभयो।

          ओलीसँग मिलेर आफूले ९०० मेगावाट क्षमताको अरुण तेस्रोको शिलान्यास गरेको भन्दै मोदीले ऊर्जा क्षेत्रमा नयाँ अध्याय जोडिएको बताउनुभयो। ऊर्जाका अरु सहयोग परियोजनामा पनि कुराकानी भइरहेको उहाँले बताउनुभयो।

           कृषि सहयोग रोडम्यापः दुई प्रधानमन्त्रीका अनुसार नेपाल र भारतका कृषि मन्त्रीहरूको बैठक छिट्टै बस्नेछ। यो बैठकले कृषि सहयोग अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउनेछ। साथै ब्यापार सम्वन्धलाई अझ बलियो बनाउन 'ट्रिटी अफ ट्रेड'लाई पुनरावलोकन गर्न पनि दुई देश सहमत भएका छन्।

जानकारी तथा लेखहरु