फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्री मोदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

(GMT+08:00) 2018-05-12 14:53:59

        नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नु भएको छ। आज शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उहाँ मुक्तिनाथ मन्दिर पुगेर करिव २० मिनेट मन्दिर भित्र पुजा अर्चना गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। प्रधानमन्त्री मोदी शनिबार बिहान ७:५५ मा मुक्तिनाथ मन्दिर नजिकैको हेलिप्याडमा उत्रिनु भएको थियो।

        मुख्य मन्दिरभित्र पूजारी कृष्णप्रसाद सुवेदीलेमन्त्रोच्चारण गर्नु भएको थियो र प्रधानमन्त्री मोदीले पूजा गर्नुभएको थियो। उहाँको स्वागतमा विछयाइएको रातो कार्पेट र बनाइएका स्वागत द्वारलाई पार गर्दै मोदी १० मिनेट हिँडेर मन्दिरभित्र प्रवेश गर्नु भएको थियो। मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ। उहाँको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्। उनीहरुले खादा दिएर स्वागत गरेका छन्।

          मुक्तिनाथ क्षेत्र विकास समितिले उहाँलाई शालिग्राम उपहार प्रदान गरेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट मोदीलाई ताम्रपत्र पनि प्रदान गरेको छ।

         मन्दिरको दायाँतर्फ ७ आनी र लामा हिराबहादुर ठकुरीले स्वागत गर्नु भएको थियो भनेबायाँतर्फ ५ पण्डितले बसेर मन्त्रोच्चारण गरे। मुख्य मन्दिरभित्र पूजारी कृष्णप्रसाद सुवेदी, आनी कर्साङ टासी र नरेन्द्र मोदी मात्रै पूजामा सरिक हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु