फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-जापान प्रान्तीय प्रमुख बीचको मञ्चमा चिनियाँ प्रम ली सहभागी

(GMT+08:00) 2018-05-12 14:55:11

         हिजो मे एघार तारिख विहान चीनका प्रधानमन्त्री ली ख छ्याङ जापानको सापोरोमा चीन-जापान प्रान्तीय प्रमुख मञ्चको उद्धाटन समारोहमा सहभागी हुँदै सम्बोधन गर्नुभयो। जापानका प्रधानमन्त्री सिन्जो आबे पनि उद्धाटन समारोहमा सहभागी हुनुभएको छ।

         प्रधानमन्त्री लीले चीन र जापान महत्वपूर्ण छिमेकी मुलुक रहेको भन्दै चीन र जापान बीचको सम्बन्ध स्वस्थ र स्थिर विकासका लागि दुवै मुलुक तथा मान्छेको आधारहित अनुकूल रहेको बताउनुभयो। उहाँले क्षेत्रीय तथा विश्वको शान्ति स्थिरता र समृद्धिका लागि चीन र जापानबीचको स्वस्थ सम्बन्धले योगदान दिने बताउनुभयो। चीन-जापान बीचको चारवटा राजनीतिक कागजातहरूको सिद्धान्त अनुसार, शान्ति र मैत्री सहयोगको दिशामा दुवै मुलुक बीचको सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो। उहाँले पोआउ एशिया मञ्च 2018 वार्षिक सम्मेलनमा राष्ट्राध्यक्ष सीले चीन झन् बढी खुल्ने कुरा औँल्याउनुभएको उल्लेख गर्नुभयो। उहाँले आगामी समयमा चीनका विभिन्न प्रान्तहरुले जापानका विभिन्न प्रान्तहरुसँग प्रबिधि, उच्चस्तरीय उत्पादन, आधुनिक कृषि आदि क्षेत्रका सहयोग सबल पार्ने बताउनुभयो।

          जापानी प्रधानमन्त्री अबेले जापान र चीनका मैत्रीशहरहरु बीचमा आदान-प्रदान झन् झन् विकासित हुँदै आएको बताउँदै दुवै पक्षले आपसी सहयोगलाई सबल पार्ने रणनीतिले पारस्परिक हितको विकास गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु