फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन छ्वान बिनाशकारी भूकम्पको दशौं स्मृति दिवसमा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीलाई राष्ट्राध्यक्षसीको शुभकामना सन्देश

(GMT+08:00) 2018-05-12 14:56:16

        वन छ्वान बिनाशकारी भूकम्पको दशौं स्मृति दिवसका अवसरमा अन्तर्राष्ट्रिय गोष्ठी एवं चौथो महाद्बीप भूकम्प अन्तर्राष्ट्रिय गोष्ठी आज मे बाह्र तारिख सछ्वानको छङ्ग तु शहरमा सुरु भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले यो गोष्ठीलाई शुभकामना सन्देश पठाउनुभएको छ। उहाँका अनुसार चालु वर्ष वन छ्वानको बिनाशकारी भूकम्पको दशौं स्मृति दिवसमा चिनियाँ कम्युनिष्ट पार्टीको द्दढ तथा बलियो नेतृत्वमा वन छ्वान भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण काममा उल्लेखनीय उपलब्धि भएको छ। यसले अन्तर्राष्ट्रिय समाजलाई प्रकोपपछिको पुनःनिर्माणका लागि उपयुक्त अनुभव र ज्ञान पनि प्रदान गरेको छ।

         राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार मानव जातिले प्राकृतिक नियम खोज्दै ज्ञान लिनु नै एक अन्तहीन काम हो। प्रकोपको प्रतिरोध र प्रकोपको उद्धार मानव जातिका लागि निरन्तर शिक्षा हो। चीनले द्दढताका साथ जनतालाई केन्द्रमा राख्दै चौतर्फी रुपमा मिलिजुली प्रकोप प्रतिरोध क्षमतालाई उकास्नुका साथै जनताको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि बलियो प्रत्याभूति सिर्जना गर्दै जाने छ। विभिन्न प्रतिनिधिहरुले"भूकम्पबाट जोखिमसँग संयुक्त सह-अस्तित्व"भन्ने मुख्य विषयको गोष्ठीमा प्रकोपको न्युनीकरण तथा प्रतिरोध गर्नेमा योगदान सिर्जना गर्नसक्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु