फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया सम्बन्धी अमेरिकी विदेशी मन्त्रीको धारणा

(GMT+08:00) 2018-05-12 16:07:28

        अमेरिकी विदेशी मन्त्री माइक पोम्पे‌ओले हिजो मे एघार तारिख जनाउनुभएअनुसार उत्तर कोरियाले तुरुन्तै आणविक हतियारविहिन लक्ष्यलाई साकार तुल्याउने महत्वपूर्ण पाइला सारेको खण्डमा अमेरिकाले उत्तर कोरियालाई समृद्धितर्फ जान सहायता प्रदान गर्ने भएको छ।

        अमेरिका भ्रमणमा रहनुभएका दक्षिण कोरियाली विदेशी मन्त्री काङ्ग क्युङ्ग ह्वासँग भेटवार्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै विदेशी मन्त्री पोम्पे‌ओले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार अमेरिका र दक्षिण कोरियाले सधैं "स्थायी, प्रमाणित, अपरिवर्तनीय" आणविकविहिन कोरियाली प्रायद्बीप बनाउने उद्देश्य राखेका छन्। यो उद्देश्यलाई साकार तुल्याउनका लागि शक्तिशाली तथा बलियो जाँचबुझ योजनाको समर्थन चाहिने छ।

        साथै विदेशी मन्त्री पोम्पे‌ओले उत्तर कोरियाको भ्रमणमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊनसँग गहिरो तह तथा जटिल समस्याबारेमा वास्तविक तथा प्रभावकारी वार्ता गर्नुभएको बताउनु भएको छ।

जानकारी तथा लेखहरु