फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान आणविक सम्झौता त्यागेर अमेरिकाले अन्तर्राष्ट्रिय विश्वासलाई ध्वस्त बनाएको जर्मनी चान्सलरको भनाइ

(GMT+08:00) 2018-05-12 16:09:31

        जर्मन चान्सलर एन्जेला मर्केलले हिजो मे एघार तारिख अमेरिकाले इरान आणविक समस्या चौतर्फी सम्झौताबाट पछि हट्ने निर्णयले अन्तर्राष्ट्रिय परिपार्टीमा रहेको विश्वासलाई ध्वस्त पारेको बताउनु भएको छ।

         जर्मनीको उत्तर-पश्चिमी शहर मुनस्टरमा आयोजित एक कार्यक्रममा चान्सलर मर्केलले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार अमेरिकाको यो निर्णयले अन्तर्राष्ट्रिय बहुपक्षीय सहयोगमा दबाव ल्याएको छ। अमेरिकारहित अवस्थामा इरानले उक्त सम्झौतालाई निरन्तर पालन गर्छ कि गर्दैन भन्ने कुराप्रति अहिले यसै भन्ने अवस्था छैन। कठिन अवस्थामा जर्मनीले द्दढताका साथ अन्तर्राष्ट्रिय बहुपक्षीय सहयोगलाई मजबुत बनाउँदै जान चान्सलर मर्केलले बताउनुभएको छ।

जानकारी तथा लेखहरु