फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ थान्का फिनल्याण्डमा पहिलो पटक प्रदर्शनीमा

(GMT+08:00) 2018-05-12 16:23:22

        चीनको अन्तर्राष्ट्रिय सांस्कृतिक प्रसार केन्द्रद्वारा संयोजन गरिएको "मसी केन्द्रित,फिनल्याण्डमा प्रवेश"भन्ने कलात्मक प्रदर्शनी हिजो मे एघार तारिख फिनल्याण्डको राजधानी हेलसिंकीमा आयोजना भएको छ। फिनल्याण्डका विभिन्न क्षेत्रबाट आएका एक सयभन्दा बढी व्यक्ति कार्यक्रम उद्घाटन समारोहमा सहभागी भए।

        चिनियाँ कला र शिल्प मास्टर ल्वो चाङ्ग ताआन पाद्वारा रचना गरिएको 25 वटा थान्का कलाकृति सो प्रदर्शनीमा देखाएको छ। त्यो चिनियाँ थान्का पहिलो पटक फिनल्याण्डमा सार्वजनिक गरिएको हो।

        फिनल्याण्डका लागि चिनियाँ राजदूत छन लीले उद्घाटन समारोहमा चीन र फिनल्याण्डबीचको मित्रतासँगै लामो इतिहास रहेको भन्दै दुबै मुलुकबीचको आदानप्रदानका लागि बलियो आधार सिर्जना गरेको विचार व्यक्त गर्नुभयो। उहाँका अनुसार चीन र फिनल्याण्डका जनताबीचसँग सांस्कृतिक आदानप्रदानको इच्छा रहेको छ। यो प्रदर्शनीले तिब्बती परम्परागत संस्कृतिको एक विशेषतायुक्त कला थान्का देखाएको छ। तिब्बती संस्कृति प्रतिनिधित्व गर्ने थान्का जस्तै अझ बढी कलात्मक प्रदर्शनीमार्फत तिब्बती जाति जस्तै अझ बढी अल्पसंख्यक जातीय संस्कृतिलाई राम्रो संरक्षण तथा विकास गर्नसक्ने आशा चीनले गरेको छ।

जानकारी तथा लेखहरु