फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हवाई रुटमा दोस्रोपटक प्रतिबद्धता

(GMT+08:00) 2018-05-13 15:32:45

         नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै चार वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पुनः सोही विषयमा प्रतिबद्धता जनाउनु भएको छ। मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त वक्तव्यमा हवाई रुटको विषयमा प्राविधिक टोलीले अध्ययन गरे टुंग्याउने भनिएको कारोबार अनलाइनले लेखेको छ। मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा पनि यसरी नै हवाई रुटको विषय प्राविधिक टोलीले टुंग्याउने संयुक्त वक्तव्यमा उल्लेख गरिएको थियो।

          गत वर्ष नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षिय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमति समेत भएको थियो। तर हालसम्म पनि कार्यन्वयनमा भने आउन सकेको छैन। भारतले तत्कालको लागि नेपालगन्ज रुट प्रयोग गर्न दिने भने पनि गत वर्षदेखि कुनै पनि वार्ताहरू अगाडि नबढ्दा नयाँ हवाई रुट खुल्ने प्रक्रिया झनै लम्बिँदै गएको छ। चार वर्षअघि भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको अवसरमा नयाँ हवाई रुट दिने बताएका थिए। उक्त समयमा ६ महिनामा टुंग्याउने बताएको भएपनि हालसम्म कार्यन्वयमा भने आउन सकेको छैन। यसपटकको भ्रमणमा पनि हवाई रुटको विषयमा कुरा उठेर संयुक्त वक्तव्यमा समावेश गरिएको छ।

         चारवर्षयता पटक-पटकको वार्तापछि भारतीयपक्षले नेपालगन्ज रुट तत्काल खोल्ने समझदारी गरेका थिए। तर दुई पक्षले प्राविधिक रिपोर्ट तयार गरेर पुनः वार्ता गरेपनि टुंगिने भनिएता पनि हालसम्म रुट भने खुल्न सकेको छैन। नेपाल भारतसंग जनकपुर, नेपालगन्ज र भैहरवाको हवाई रुट मागेको थियो। जनकपुर र नेपालगन्ज दिन भारत तयार भए पनि भैरहवाको रुट भने दिननसक्ने यसअघि नै बताइसकेको छ।

         नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावस्यक रहेको छ। हाल सिमाराबाट मात्रै हवाई रुट खुल्ला रहेको छ। गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो। उक्त सहमति समेत कार्यन्वयनमा आएको छैन।

          भारतले ट्रान्स हिमालयन रुट–२ समेत खोल्न तयार भइसकेको छ। तर म्यानमार र भुटानको समेत सहमति आवस्यक पर्ने भएकोले उक्त रुट खुल्ने विषयमा समेत कुनै पनि विषय अगाडि बढेको छैन। काठमाडौं–महेन्द्रनगर–दिल्ली (एल–६२६) दोहोरो रुट हो। त्यस्तैगरी ल्हासा–काठमाडौं–भरतपुर–भैरहवा–दिल्ली रुट (बि३४५) रहेको छ। भने काठमाडौं–जलेश्वर–पटना (जी३३५) रुट रहेको छ।

         भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्र संचालनमा आउँदै छ भने सन् २०२० मा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदै छ। दुई विमानस्थल सञ्चालनको लागि पनि नेपालगन्ज रुट अनिवार्य आवस्यकता रहेको छ। केही महिनाअघि सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय 'एयर शो'मा समेत नेपालले हवाई रुटको विषयमा कुरा उठाएको थियो। एउटामात्र सिमरा रुट हुँदा नेपाली हवाई आकाश बढी व्यस्त हुँदै आएको छ।

         विमानस्थल निर्माणले गति लिँदै जाँदा नेपाल र भारतबीच हुनुपर्ने अत्यावश्यक सम्झौता खुल्ला आकाश सम्झौता अर्थात एयर स्पेश एग्रिमेन्ट (एएसए) को विषयमा छलफलनै हुन सकेको छैन। नेपाल–भारतबीच हुने भनिएको हवाई सम्झौता प्रक्रिया सुरु भएको पाँच वर्षमा पनि दुईपक्षीय छलफलसमेत अगाडि बढेका छैनन्।

          यस सम्झौता नभए नेपालमा बन्दै गरेका क्षेत्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जहाजहरू उडान-अवतरणको गर्न नपाउने निश्चत छ। सम्भौता नहुँदा भैरहवा, पोखरा र निजगढमा निर्माण गरिने भनेको तीनवटै विमानस्थलले बिजनेस पाउने छैनन्।

जानकारी तथा लेखहरु