फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेरिसमा "इस्लामिक स्टेट"द्वारा चक्कू आक्रमण

(GMT+08:00) 2018-05-13 15:46:54

        फ्रान्सको पेरिसमा हिजो मे बाह्र तारिख राति चक्कूद्वारा आक्रमण भएको छ। सो आक्रमणबाट आक्रमणकर्ता लगायत दुई जनाको मृत्यु हुनुका साथै 4 जना घाइते भएका छन्। चरमवादी संगठन "इस्लामिक स्टेट"ले उक्त आक्रमण गराएको घोषणा गरेको छ।

       पेरिसका महान्याधिवक्ता फ्रान्कोस मोलिन्सले घटनाको तत्स्थानमा आयोजना भएको पत्रकार सम्मेलनमा जनाउनुभए अनुसार आक्रमणकारीले धार्मिक नारा फलाक्दै आक्रमण गरेको प्रत्यक्ष दर्शीले बताएको उल्लेख गर्नुभयो। उक्त आक्रमणको पेरिस न्यायाधिवक्ता कार्यलयको प्रतिआतंकवाद विभागले छानबिन सुरु गरेको छ।

जानकारी तथा लेखहरु