फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वनछ्वान विनाशकारी भूकम्पको दशौँ स्मृति कार्यक्रम

(GMT+08:00) 2018-05-13 15:47:28

          हिजो मे बाह्र तारिख दिउँसो दुई बजेर 28 मिनेटजाँदा"मे12"वन छ्वान विनाशकारी भूकम्प उद्धारको दशौँ स्मृति दिवस कार्यक्रम भूकम्प प्रभावित क्षेत्र अर्थात् सछ्वान प्रान्तको आ बा स्वायत्त प्रिफेक्चरको वन छ्वान जिल्लाको यिङ्ग श्यु गाउँमा पर्ने श्वान ख्वो माध्यमिक स्कूलको भूकम्प साइटमा आयोजना भएको छ। समाजका विभिन्न क्षेत्रले भूकम्पबाट मर्नेहरु र उद्धार कार्यमा ज्यान गुमाएका नायकप्रति भावपूर्ण श्रृद्धान्जली अर्पण गरेका छन्।

          दश वर्ष भएअघि विनाशकारी भूकम्पबाट यिङ्ग श्यु गाउँका 6 हजार 5 सय 66 जनाको मृत्यु भएको थियो। यस गाउँको आधारभूत प्रबन्ध सम्पूर्ण रुपमा ध्वस्त भएको थियो। चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले तुरुन्तै इतिहासमा सबैभन्दा द्रुत गति,सबैभन्दा ठूलो उद्धार शक्तिबाट गठित भूकम्प उद्धार काम गरेको थियो। दश वर्षपछि पहिले ध्वस्त भएको भूकम्प प्रभावित क्षेत्रमा हाल शक्तिशाली जीवनशैली देखाएको छ। पूरै चिनियाँ जनताको संयुक्त प्रयासमा विश्व प्रकोप उद्धारको दुर्लभ नमूना सिर्जना भएको छ।

         हाल वन छ्वान भूकम्प प्रभावित क्षेत्रका पचास लाखभन्दा बढी व्यक्ति अझ सुरक्षित तथा आरामदायी नयाँ घरमा सरेका छन्। यातायात र पूर्वाधार प्रबन्ध ठूलो परिमाणमा सुधारिएको छ। 11 वटा उच्च गतिका सार्वजनिक मार्ग र 61 राजमार्ग चौतर्फी रुपमा सञ्चालनमा आएका छन्। यो क्षेत्रका नागरिकले शहरी नागरिक जस्तै सार्वजनिक प्रबन्ध सेवाको उपभोग गर्न पाएका छन्।

        सछ्वान प्रान्तको तथ्याङ्क व्युरोले सार्वनजिक गरेको पछिल्लो तथ्याङ्क अनुसार दश वर्षयता प्रकोपग्रस्त क्षेत्रको अर्थतन्त्र सधै नै पूरै प्रान्तको औसत स्तरभन्दा बढीको गतिले विकसित भैरहेको छ। शहर र गाउँका नागरिकको आय भूकम्पअघिको भन्दा क्रमशः 2.8 र 3.7 गुणाले बढेको छ।

         भूकम्पको यस उद्धार क्रमबाट मूल्यावान आध्यात्मिक धन जन्मेको छ। निरन्तर अगाडी विकास गर्नु नै यस विनाशकारी भूकम्पबाट मृत्यु भएका व्यक्तिलाई सम्झनु एक सबैभन्दा राम्रो माध्यम हो।

जानकारी तथा लेखहरु