फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनको निर्माण"प्रति चिन्ता लिन आवश्यक नरहेको अमेरिकाका लागि चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2018-05-13 16:19:11
          अमेरिकाका लागि चिनियाँ राजदूत छ्वी थआन खाइले हाल वाशिन्टनमा अमेरिकाका केही व्यक्तिले "चीनको निर्माण"प्रस्तावप्रति चिन्ता लिएको भन्दै उक्त चिन्ता आवश्यक नरहकेको बताउनुभएको छ। यही मे महिना एघार अमेरिकी थिङ्कट्याङ्क रणनीति र अन्तर्राष्ट्रिय समस्या अनुसन्धान केन्द्रद्वारा आयोजना भएको "चीन अमेरिका सम्बन्धको चालीस वर्ष"शीर्षकको गोष्ठीमा उक्त कुरा बताउनुभएको हो। उहाँले विश्वमा सानो होस वा ठूलो मुलुकले उच्च प्राविधिक क्षेत्रमा श्रेष्ठ तथा नेतृत्व स्थान लिन सक्ने भन्दै त्यो एक सामान्य कुरा रहेको बताउनुभयो।"चीनको निर्माण"ले चीन आफ्नो औद्योगिक विकासको लक्ष लिएको छ। चीनले उक्त उद्देश्यलाई साकार तुल्याउनका लागि अन्य मुलुकबाट अलग नहुने बताउँदै यही उद्देश्य चिनियाँ व्यवसाय,अमेरिका लगायत विश्वव्यापी मुलुकका व्यवसायका लागि खुल्ला हुने भएको कुरामा उहाँले जोड दिनुभयो।

          बिगत चालिस वर्षमा चीनको अर्थतन्त्रको विकास खुल्ला पूर्वाधारमा पाइएको हो। भावी चीनको अर्थतन्त्रले उच्च गुणस्तरको विकासलाई साकार तुल्याउनु पनि अझ खुल्ला पूर्वाधारमा भैरहने छ। पारस्परिक हित तथा साझा फाइदासहित आर्थिक तथा व्यापारिक सहयोग सधै नै चीन र अमेरिकाबीचको सम्बन्धको स्थिर तथा प्रवर्द्धन शक्ति हो। चीनले अमेरिकाको अर्थतन्त्र निरन्तर समृद्ध हुँदै जाने आशा गरेको छ। साथै अमेरिकाले चीनको अर्थतन्त्रको विकासबाट लाभ पाउन सक्छ।

जानकारी तथा लेखहरु