फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकाको विकासबाट चीनको समर्थन जारी रहनुपर्ने श्रीलंकाका राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2018-05-13 16:19:50

        मे एघार तारिख श्रीलंकाका लागि चिनियाँ राजदूत छङ स्यो युआनले श्रीलंकाका राष्ट्रपति भवनमा श्रीलंकाका राष्ट्रपति मैथ्रिपला सिरिसेनासँग भेटवार्ता गर्नु भएको छ। सो भेटमा चीन र श्रीलंका बीचको सम्बन्ध तथा "बेल्ट एण्ड रोड इनिसिएटिभ"लाई संयुक्त रुपमा निर्माण आदि समस्याबारे गहन रुपमा छलफल भएको छ।

       राष्ट्रपति सिरिसेनाले इतिहासको लामो कालखण्डमा श्रीलंका र चीन बीचको सम्बन्ध मैत्रीपूण रहेको छ र दिर्घकालीन श्रीलंकाको आर्थिक विकासमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले श्रीलंकाले राष्ट्रिय विकास लक्ष्यलाई साकार तुल्याउन चीनको सहयोग जारी रहनु पर्ने बिचार व्यक्त गर्नुभयो। उहाँले श्रीलंकाले "बीआरआई"लाई कडा समर्थन गरेको र दुवै मुलुक बीचको सहयोग परियोजनालाई उच्च महत्वका साथ ध्यान दिएको औँल्याउनुभयो। उहाँले श्रीलंकाले एक चीनको नीतिलाई कडा समर्थन गर्नुका साथै अन्तर्राष्ट्रिय बहुपक्षीय सम्बन्धमा चीनको सम्बन्धित अडानलाई दृढ समर्थन रहेको कुरामा जोड दिनुभयो।

        चीनका राजदूत छङले चीनले श्रीलंका बीचसँगको सम्बन्धलाई उच्च ध्यान दिएको, "बीआरआई"को प्रारुपमा दुवै मुलुक बीचको व्यावहारिक सहयोगलाई सबल पार्ने बताउनुभयो। उहाँले थाइवान, तिब्बत आदि चीनको मुख्य विषय सम्बन्धी कुरामा श्रीलंकाद्बारा दिएको समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु