फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका केही क्षेत्रमा आँधीबेहरीमा परी ४० जनाको मृत्यु

(GMT+08:00) 2018-05-14 14:53:01

भारतको पश्चिम बंगाल प्रदेश तथा राजधानी नयाँ दिल्ली लगायतका क्षेत्रहरूमा १३ तारिख राती गएको आँधीबेहरीमा परी ४० जना भन्दा बढी मानिसको ज्यान जानुका साथै अन्य केही व्यक्ति घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रेस ट्रस्ट अफ इन्डियाले भारत सरकारका सम्बद्ध विभागलाई उद्धृत गर्दै अतिचर्को मौसमको कारणले उत्तर प्रदेशमा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने पश्चिम बंगाल प्रदेशमा ४ जना बाल-बालिका लगायतका १२ जनाको ज्यान गएको जनाएको छ। साथै आन्द्र प्रदेशमा ९ जना मारिएका छन् भने नयाँ दिल्लीमा कम्तिमा २ जनाले ज्यान गुमाएका छन। अन्य १८ जना घाइते भएको पनि बताइएको छ।

आँधीबेहरीबाट प्रभावित क्षेत्रमा केही घरहरू पनि भत्किएको साथै यातायातमा पनि ठूलो असर परेको छ।

मे महिनादेखि यता, भारतका केही क्षेत्रमा आँधीबेहरीको प्रभाव पर्दै आएको छ। मे २ तारिख राती भारतको उत्तर प्रदेश तथा राजस्थानमा १३४ जनाको ज्यान गएको थियो भने ४०० जना घाइते भएका थिए।

जानकारी तथा लेखहरु