फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीचको भेटवार्ता

(GMT+08:00) 2018-05-14 16:12:56

चीनका परराष्ट्रमन्त्री वाङ्ग यीले हिजो मे 13 तारिख पैचिङमा इरानका विदेशमन्त्री मोहम्मद जाभाद जारिफसँग भेट-वार्ता गर्नुभएको छ।

चीनले इरानलाई "बेल्ट एण्ड रोड"को साझा निर्माणमा महत्वपूर्ण साझेदारी बनाएको चिनियाँ परराष्ट्रमन्त्री वाङ्गले व्यक्त गर्नुभएको छ। दुई देशका राष्ट्रनायकको सहमतिलाई चौतर्फी व्यवहारमा उतार्नुका साथै विभिन्न क्षेत्रको सहयोगलाई विकास गर्ने इच्छा चीनले लिएको उहाँले स्पष्ट पार्नुभयो।

चीनले सुदृढताका साथ बहुपक्षीयताको सुरक्षा गर्नुका साथै अन्तर्राष्ट्रिय सन्धिको सुरक्षा गर्ने मन्त्री वाङले बताउनुभयो। इरानी आणविक समस्याको चौतर्फी सन्धि कठिन रुपमा प्राप्त बहुपक्षीयता उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो। चीनले इरानलगायत विभिन्न पक्षसँग सम्पर्क र समन्वयलाई कायम राखी निष्पक्ष, न्याय र जिम्मेवार धारणामा चौतर्फी सन्धिको सुरक्षा गर्ने कुरालाई मन्त्री वाङले जोड दिनुभयो।

इरानी विदेशमन्त्री जारिफले चीनको अडानको उच्च प्रशंसा गर्दै इरानले चौतर्फी सन्धिको समर्थक पक्षहरुसँग निरन्तर सम्पर्क र आदान-प्रदान गर्ने इच्छा लिएको दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु