फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा चीन-अमेरिका आर्थिक वार्ता हुने

(GMT+08:00) 2018-05-14 18:27:30

अमेरिकी सरकारको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्र समितिको राजनैतिक व्यूरोका सदस्य, चीनका उप-प्रधानमन्त्री एवं चीन-अमेरिका आर्थिक वार्ता सम्बन्धी चिनियाँ पक्षका नेता लिउ हले मै १५ देखि १९ सम्म अमेरिकाको भ्रमण गर्नुहुँदै छ। अमेरिकामा उप-प्रधानमन्त्री लिउले अमेरिकी अर्थमन्त्री स्टिभन नुचिनको नेतृत्वमा रहने आर्थिक टोलीसँग आपसी आर्थिक तथा व्यापारिक समस्याबारे बैचारिक आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको १४ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले जनाउनुभएको छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ तारिख आफ्नो ट्वीटरमार्फत चीन र अमेरिकाले चिनियाँ संचार कम्पनी जेटिईको कारोबार चाँडै पुनः शुरू गराउने तरिकाको खोजीमा संयुक्त प्रयास गरिरहेको जनाउनुभएको छ। आफूले अमेरिकी वाणिज्य मन्त्रालयलाई यसको जिम्मा लगाइसकेको पनि उल्लेख गर्नुभएको छ। यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले भन्नुभयो 'अमेरिकाले चिनियाँ कम्पनी जेटटिई सम्बन्धमा देखाएको सकारात्मक प्रतिक्रियाको हामीले स्वागत र प्रशंसा गर्दछौं। अमेरिकासँग विस्तृत कामको कार्यान्वयनबारे घनिष्ट सम्पर्क हामीले राखिरहेका छौं।' उप-प्रधामन्त्री लीउको नेतृत्वमा गरिने आपसी आर्थिक तथा व्यापारिक विचारविमर्शमा सकारात्मक तथा रचनात्मक उपलब्धि हासिल गरिने आशा चीनले लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु