फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षमा "बेल्ट एण्ड रोड" प्रस्तावका उपलब्धिहरु

(GMT+08:00) 2018-05-14 18:29:37

सन् 2018 "बेल्ट एण्ड रोड"को प्रस्ताव पेश भएको पाँचौं वार्षिकोत्सव हो। पाँच वर्षमा "बेल्ट एण्ड रोड" विचारबाट व्यवहारमा परिवर्तित भएर प्रशस्त उपलब्धि हासिल भएको छ। भविष्यमा चीनले "बेल्ट एण्ड रोड"को निर्माणलाई केन्द्रित बनाएर चौतर्फी खुलापनको नयाँ प्रणालीको निर्माण गर्नुका साथै अझ उच्चस्तरीय खुलापनमा आधारित अर्थतन्त्रको विकासमार्फत विश्वलाई फाइदा पुर्‍याउनेछ।

पाँच वर्षमा झन् झन् बढी देश, क्षेत्र, संगठन र व्यवसायले "बेल्ट एण्ड रोड" प्रस्तावलाई सक्रिय समर्थन दिएर भाग लिँदै आएका छन्। गत अप्रिल महिनासम्म चीनले 86 वटा देश तथा अन्तर्राष्ट्रिय संगठनसँग एक सय एक सहयोग-सन्धिमा हस्ताक्षर गरेको छ। साथै चीनले दक्षिण कोरिया, पाकिस्तान, आशियान, पेरुलगायत 26 देश तथा क्षेत्रसँग 16 स्वतन्त्र व्यापार सन्धिमा पनि हस्ताक्षेर गरेको छ।

पाँच वर्षमा चीन र "बेल्ट एण्ड रोड"सम्बन्धी मुलुकबीचको कुल व्यापारिक रकम पचास खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु