फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आधुनिक युगमा रेशम मार्गको महत्व

(GMT+08:00) 2018-05-15 15:49:58
काठमाण्डुस्थित नेपालका लागि पाकिस्तानी राजदूतावास र पाकिस्तान अध्ययन केन्द्रद्वारा राजधानीमा सोमबार 'आधुनिक युगमा प्राचीन रेशम मार्गको सामयिकता' विषयको कार्यशालामा चीनको बेल्ट एण्ड रोड ईनिसिएटिभ परियोजनाबाट नेपाललाई लाभ पुग्ने बताइएको छ।

कार्यशालाको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल सरकारले गत वर्ष बेल्ट एण्ड रोड ईनिसिएटिभ अन्तर्गत भौतिक पूर्वाधार निर्माणका निम्ति चीन सरकारसँग सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बताउँदै त्यसले नेपालको आर्थिक समृद्धिमा सघाउने विश्वास व्यक्त गरेको राससले जनाएको छ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले चीन–पाकिस्तान आर्थिक करिडोरमार्फत बितेका साढे तीन वर्षमा पाकिस्तानमा ६८ अर्ब अमेरिकी डलरका विशाल परियोजना सञ्चालन भएको जानकारी दिँदै बेल्ट एण्ड रोड ईनिसिएटिभअन्तर्गत नेपालमा पनि भौतिक पूर्वाधार निर्माणका आयोजनाले शीघ्र गति लिने आशा व्यक्त गरेका थिए।

कार्यक्रममा पाकिस्तान अध्ययन केन्द्रका उपाध्यक्ष केशवराज झा, पुरातत्व विभागका पूर्वमहानिर्देशक साफल्य अमात्य, प्रा अरुण गुप्तो, नेपाल विश्वसम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेल र पाकिस्तानी राजदूतावासका उपप्रमुख जाबेद अहमद उम्ररानीले वर्तमान युगमा पनि प्राचीन रेशम मार्गको औचित्य र महत्व उत्तिकै सान्दर्भिक रहेको बताए।

कार्यशालामा विभिन्न देशका लागि नेपालका पूर्वराजदूत तथा कूटनीतिक क्षेत्रका जानकारको सहभागिता थियो।

जानकारी तथा लेखहरु