फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न

(GMT+08:00) 2018-05-15 15:56:30

ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरिय अन्तरक्रिया सम्पन्न भएको छ।

काउन्सिलको नेतृत्वमा नेपाल आएका ९ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले नेपालमा आफ्नो उत्पादनको विक्री तथा प्रर्वद्धन गर्न उत्साहित भएको बताएका छन्। चीनको ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाण्डुमा नेपाली व्यवसायीहरूसँग आईतबार प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गरेका हुन्। सो क्रममा ताइवानबाट आएका कलर एड टेक्नोलोजी मार्केटिङ् लिमिटेडका जनरल म्यानेजर जेम्स वानले नेपालमा ताइवानका उत्पादनको बजार विस्तारको सम्भावना प्रचूर रहेको बताए। उनले नेपाल आएपछि ताइवानको उत्पादनको बजारिकरण गर्न ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिल सकारात्मक रहेको जनाए।

कार्यक्रममा १ सय ४३ भन्दा बढि नेपाली व्यापारी तथा खरिदकर्ता सहभागिता रहेको गोरखापत्रअनलाईनले लेखेको छ। कार्यक्रममा विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स तथा सञ्चार प्रविधिका सामान, पीओएस प्रणाली, सेटटप बक्स, सौर्य ऊर्जा सामग्री, लिक्विड लेभल कन्ट्रोलर, कृषिऔजार, फ्लोरिङ तथा फर्निसिङ, प्लास्टिक कच्चापदार्थ, हार्डवेयर सामग्री, औजार लगायतका विषयमा छलफल भएको थियो।

जानकारी तथा लेखहरु