फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती प्रतिनिधिमण्डल अमेरिकामा

(GMT+08:00) 2018-05-15 16:00:28
तिब्बत स्वायत्त प्रदेशीय जन काँग्रेस प्रतिनिधि एवम् चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा नगरपालिका शाखाका सचिव पेमा वाङतुको नेतृत्वमा रहेको राष्ट्रिय जन काँग्रेस तिब्बती प्रतिनिधि मण्डलले मै ९ देखि१४ तारिखसम्म अमेरिकाको भ्रमण गरेको छ। वासिङटनमा तिब्बती प्रतिनिधि मण्डलले अमेरिकी काँग्रेसका साँसद दान सुल्लीभान, सिनेटका साँसदहरू तथा अमेरिकी विदेश मन्त्रालयका अधिकृतहरूसँग भेट गरेका छन्। साथै उनीहरूले अमेरिकी साँसदका सहायकहरू तथा अमेरिकी काँग्रेस अनुसन्धान परिषदका विशेषज्ञहरूसँग वार्ता पनि गरेका छन्। लस एञ्जलिस्मा तिब्बती प्रतिनिधि मण्डलले चिनियाँ मूलका विदेशी तथा तिब्बती देशबन्धुहरूसँग आदानप्रदान गरेको छ।

अमेरिका पक्षसँगको भेटमा पेमाले दुई देशका राष्ट्रनायकहरूले आपसी घनिष्ट सम्पर्क राखिरहनुभएको र महत्वपूर्ण सहमति हासिल गर्नुभएकोमा पारस्परिक सम्बन्धमा श्रृंखलाबद्ध रूपमा सकारात्मक प्रगति प्राप्त गरिएको जानकारी दिनुभयो। यसका साथसाथै दुई देश बीच केही मतभेद तथा संवेदनशील समस्या विद्यमान नै भएकाले ती विषयको उचित रूपमा कार्यान्वयन गर्नुपर्ने व्यक्त गर्नुभयो। तिब्बत स्वायत्त प्रदेशले दुई देशका राष्ट्रानायक बीच सम्पन्न ती महत्वपूर्ण सहमतिको सक्रियताका साथ कार्यन्वयन गर्दै अमेरिकासँगको सहयोग तथा आदानप्रदानलाई सबल पार्ने आशा गरेको छ। भेटमा अमेरिका पक्षले रचनात्मक र नतिजामा केन्द्रित सम्बन्धको विकास गर्ने अपेक्षा व्यक्त गरेको छ। साथै तिब्बत स्वतन्त्रताधरको समर्थन नगर्ने अडानमा परिवर्तन नभएको पनि पुष्टि गरिएको छ।

जानकारी तथा लेखहरु