फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युएन ईस्क्यापका कार्यवाहक सचिवद्वारा "बेल्ट एण्ड रोड"प्रस्तावमाथि उच्च मूल्याङ्कन

(GMT+08:00) 2018-05-15 16:00:59

राष्ट्र संघीय एशिया प्रशान्त अर्थतन्त्र तथा समाज संघ अर्थात् युएन ईस्क्यापअन्तर्गत ७४औं वार्षिक बैठक १४ तारिख थाइल्याण्डको बैंककमा शुरु भएको छ। युएन ईस्क्यापका कार्यवाहक सचिव शमशाद अख्तरले उद्धाटन समारोहमा सम्बोधन गर्दै विश्व तथा क्षेत्रको सहयोगमा "बेल्ट एण्ड रोड"प्रस्तावको महत्वपूर्ण अर्थ रहेको भन्दै उच्च मूल्याङ्कन गर्नुभएको छ।

उहाँका अनुसार, वैश्वीकरणविरुद्धको लहर र व्यापारिक संरक्षणले विश्वको आर्थिक वृद्धिमा अनिश्चितता थपेको छ। यदि यो प्रवृत्तिको निरन्तर विकास भएमा विश्वव्यापी आपूर्ति श्रृंखला र एशिया तथा प्रशान्तका विभिन्न मुलुकमाथि गम्भीर क्षति पु‍र्‍याउनेछ। एशिया-प्रशान्तका विभिन्न मुलुकले हातमा हात मिलाएर चुनौतीको सामना गर्नुपर्छ।

क्षेत्रीय अर्थतन्त्रको एकीकरण एशिया तथा प्रशान्तको विकासमा महत्वपूर्ण श्रेष्ठता भएको ठहर गर्दै सचिव अख्तरले राष्ट्राध्यक्ष सी चिन फिङद्वारा प्रस्तुत "बेल्ट एण्ड रोड" प्रस्तावको महत्वपूर्ण अर्थ रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु