फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रतिरोध र निन्दाको बावजुद इजरेलका लागि अमेरिकी नयाँ राजदूतावास सञ्चालन

(GMT+08:00) 2018-05-15 16:09:19
प्यालेष्टिनीको चर्को प्रतिरोध तथा बहु मुलुकको निन्दाको बावजुद इजरेलमा इजरेलका लागि अमेरिकी नयाँ राजदूतावास १४ तारिख औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोही दिन प्यालेष्टिनी सर्वसाधारणले विभिन्न क्षेत्रमा ठूलो परिधिमा जूलुस प्रदर्शनी गर्दै इजरेली सेनाबीच भिडन्त भएको छ। हालसम्म ती भिडन्तमा परी कम्तिमा ५५ प्यालेष्टिनीको ज्यान जानुका साथै अन्य २८०० जना घाइते भएका छन्।

अमेरिकी उप विदेश मन्त्री जोन सुल्लीभानको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधि मण्डलले नयाँ राजदूतावास शुभारम्भ समारोहमा भाग लिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भिडियोमार्फत बधाई सन्देश पठाउनुभइ जेरूसेलमसम्म राजदूतावास स्थापना गर्ने काम पहिले नै गर्नुपर्ने काम भएको बताउनु भएको छ। इजरेली प्रधानमन्त्री बेजेमिन नेतान्याहुले सो समारोहमा ट्रम्पले दिनुभएको वचनप्रति धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको छ।

सोही दिन प्यालेष्टिनी सर्वसाधारणले इजरेलसँग जोडिएको गाजा क्षेत्र तथा जोर्डन नदीको पश्चिमी किनारामा पर्ने रामल्लाह लगायतका शहरहरूमा जुलुस प्रदर्शन गरेका छन् जहाँ इजरेली सेनासँग संघर्ष भएको छ। ती संघर्षमा परी कम्तिमा ५५ जना प्यालेष्टिनीको ज्यान जानुका साथै अन्य २८०० जना घाइते भएका छन् र यो सन् २०१४ को गाजा युद्धयता एकैदिनमा सबैभन्दा बढी प्यालेष्टिनीको मृत्यु भएको दिन भएको छ।

सोही दिन फ्रान्स, लेबनान, जोर्डन, इजिप्ट लगायतका सरकार तथा अरबेली लीगका अधिकारीले वक्तव्य प्रकाशित गर्दै अमेरिकाको निन्दा तथा विरोध गर्नुका साथै इजरेली सत्तालाई सशस्त्र शक्तिको प्रयोगमा संयम अपनाउन आह्वान गरेका छन्।

जानकारी तथा लेखहरु