फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केरुङ नाका नेपालकासाथै दक्षिण एशियातर्फ जाने पुल: केरुङ नाका व्यवस्थापन समितिका उप प्रमुख लिउ चेन

(GMT+08:00) 2018-05-15 16:20:45

केरुङ नाका व्यवस्थापन समितिका उप प्रमुख लिउ चेनले मे पन्ध्र तारिख केरुङमा सीआरआईको नेपाली सेवाका पत्रकारलाई अन्तर्वार्ता दिँदै केरुङ नाका नेपाल र दक्षिण एशियातर्फ जाने पुल भएको बताउनुभएको छ।

लिउ चेनले सन् 2017 अगष्ट तीस तारिखबाट केरुङ नाका अन्तर्राष्ट्रिय नाका बनेको र हाल नेपालसि‌तको एक मात्रै सुक्खा नाका भएको बताउनुभयो। उहाँले चीनको विकासले नेपालको विकासलाई पनि अगाडि बढाएको व्यक्त गर्नुभयो।

साथै उहाँले नेपालले केरुङ नाकामार्फत चीनबाट दैनिक उपभोग्य वस्तु, लुगाकपडा, साना घरेलु विद्युतीय सामान, फलफुलआदिको आयात गरेको छ भने चीनले नेपालबाट मुख्यतः हस्तकलात्मक वस्तु आयात गरेको जानकारी दिनुभयो। उहाँकाअनुसार, चीनको वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार, सन् 2017 मा चीन र नेपालबीचको व्यापार रकम 99 करोड अमेरिकी डलर पुगेको थियो। त्यसमध्ये केरुङ नाकामार्फत चीन र नेपालको आयात-निर्यात रकम दुई अर्ब चौरासी करोड पचास लाख चिनियाँ युआन पुगेको थियो।

सीआरआई नेपाली सेवाका लागि

प्रतिभा

केरुङ, तिब्ब्त,

जन गणतन्त्र चीन

जानकारी तथा लेखहरु