फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गाजा क्षेत्रमा भएको भिडन्तमाथि चीनको गम्भीर ध्यानाकर्षण

(GMT+08:00) 2018-05-15 16:59:39

गाजा सीमा क्षेत्रमा भएको हिंसात्मक भिडन्तका कारण धेरै हताहत भएका छन्। उक्त घटनामाथि चीनको गम्भीर ध्यानाकर्षण भएको छ र चीनले सर्वसाधारणमाथि लक्षित हिंसात्मक गतिविधिको विरोध गर्नुका साथै प्यालेष्टाइन र इजरेल दुवैलाई संयम कायम राख्न आह्वान गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले १५ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

१४ तारिख प्यालेष्टिनी सर्वसाधारणले इजरेलका लागि अमेरिकी नयाँ राजदूतावास जेरूशलेममा स्थापना गरिएकोविरूद्धमा जूलुस प्रदर्शनीका साथै इजरेली सेनासँग भिडन्त भएको थियो। जसबाट कम्तिमा ५० जनाको ज्यान जानुका साथै अन्य २००० जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु