फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाको श्रमिक पार्टीको मैत्रिपूर्ण मण्डलद्वारा चीनको भ्रमण

(GMT+08:00) 2018-05-15 17:05:14
चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत वैदेशिक सम्पर्क विभागको निमन्त्रणामा उत्तर कोरियाली श्रमिक पार्टीको मैत्रिपूर्ण मण्डलले १४ तारिखदेखि चीनको भ्रमण गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले १५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गर्नुभएको हो।

उहाँका अनुसार, यो भ्रमण महासचिव सी चिन फिङ र किम जोङ ऊनबीच महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने ठोस कदम हो। मैत्रिपूर्ण मण्डलले भ्रमणबाट चीनको आर्थिक निर्माण र सुधार तथा खुलापनको उपलब्धिबारे जानकारी पाउनुका साथै सुशासनको अनुभवबारे वैचारिक आदान-प्रदान गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु