फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीको अध्यक्षतामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको वैदेशिक मामिला कार्य समितिको बैठक आयोजित

(GMT+08:00) 2018-05-15 19:32:45

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, केन्द्रिय समितिको वैदेशिक मामिला कार्य समितिका प्रमुख सी चिनफिङले मै १५ तारिख बिहान पार्टीको केन्द्रिय समितिको वैदेशिक मामिला कार्य समितिको पहिलो बैठकको अध्यक्षता गर्नुभएको छ। उहाँले सो बैठकमा सम्बोधन गर्दै केन्द्रिय समितिले वैदेशिक मामिलाको एकीकृत नेतृत्वको प्रवर्द्धन गर्ने कुरामा जोड दिनुभएको छ। साथै वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको विकास तथा परिवर्तन बुझेर नविन काममार्फत चिनियाँ विशेषतायुक्त ठूला मुलुकको कूटनीतिको नयाँ अध्याय पल्टाउन प्रयास गर्ने पुष्टि पनि उहाँले गर्नुभएको छ।

सीले अगाडी भन्नुभएको छः बेल्ट एण्ड रोड इनिसिएटिभ मानवजातिको साझा भाग्यको समुदाय निर्माण क्रममा एउटा महत्वपूर्ण मञ्च हो र बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा हासिल उपलब्धिको कार्यान्वयनलाई राम्रोसँग उतारेर खुलापनको विस्तार गरी विभिन्न मुलुकसँगको सम्पर्क, सामन्जस्य, सहयोगलाई सबल पार्नुपर्छ जसबाट विभिन्न मुलुकका जनतालाई लाभान्वित गराउन सकिने छ।

जानकारी तथा लेखहरु