फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोटो पत्रकार श्रेष्ठको एकल फोटो प्रदर्शनी

(GMT+08:00) 2018-05-15 19:52:09

राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी पैचिङमा एकल फोटो प्रदर्शनी गरिएको छ। पैचिङको शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा तालिम तथा प्रशिक्षण केन्द्रमा उक्त प्रदर्शनी गरिएको हो।

'डिजिटल डिस्प्ले'मार्फत गरिएको उक्त प्रदर्शनीमा फोटो पत्रकार श्रेष्ठका तीन दर्जन भन्दा बढी फोटोहरू राखिएका छन्।

हाल चीन सरकारको निमन्त्रणामा चीन आएका नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ सञ्चारकर्मीको प्रशिक्षण टोलीमा फोटो पत्रकार श्रेष्ठ पनि सम्मिलित छन्। यसै टोलीका नेता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्वअध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीका माध्यमबाट चिनियाँ जनतालाई नेपालको कला, संस्कृति, जीवनशैली, पर्यटकीय क्षेत्र तथा नेपाल चीन सम्बन्धका बारेमा थप कुरा जान्न सहयोगी हुने बताए।

बैशाख २८ गतेबाट भएको फोटो प्रदर्शनी आगामी जेठ ६ गतेसम्म चल्ने छ।


1  2  3  4  5  6  
जानकारी तथा लेखहरु