फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बोतलबाट बनेका गहना क्यानाडा निर्यात

(GMT+08:00) 2018-05-16 15:54:11

दाङका पूर्वकमलरीले फालिएका सिसाबाट गहना उत्पादन गरेर क्यानडा निर्यात गर्दै आएका छन्। फालिएका सिसा र खाली बोतल प्रयोग गरेर गहना उत्पादन गर्न दाङको गढवा गाउँपालिकामा चार जना पूर्वकमलरी महिलाले उद्योग स्थापना गरेको अन्नपूर्णपोस्टले लेखेको छ।

सिसाबाट घाँटी, कान र हातमा लगाउने विभिन्न आकर्षक गरगहना निर्माण गर्दै आएका छन्। सिसाको बोतल ल्याएर स्थानीय स्तरमै निर्मित ओखलमा माटोको साँचोमा राखेर आवश्यक आकारअनुसारका बिट्स तयार हुन्छ। त्यसबाट आवश्यकता अनुसारका गहना निर्माण गर्ने गरेको पूर्वकमलरी असारथी कुमालले बताइन्। यस्ता गहनाको माग अहिले बढेको र क्यानडामा समेत निर्यात हुने पनि बताइन्।

नेपालभन्दा क्यानडामा मूल्य बढी पाउने भएकाले उत्पादित सामग्री क्यानडा पठाउने गरेको उनको तर्क छ। खाली भएर फालेका बियरका बोतल प्रयोग गरेर बिट्स निर्माण गर्ने गरेको र त्यहीँबाट गरगहना बनाउँदै आएको मुक्त कमलरी शारदा चौधरीले जानकारी दिइन्।

बबिता कुमालले आफूहरूले विगत चार महिनादेखि उपयोगविहीन बनाइ फालेका सिसा र तिनका बोतलबाट बिट्स उत्पादन गरी त्यसबाट आकर्षक, माला, झुम्का, बालालगायत वस्तु बनाउँदै आएको बताइन्।

दैनिक करिब पाँच सय बिट्स उत्पादन गर्ने र त्यसबाट ४० वटा माला र एक सय ५० वटा कानमा लगाउने झुम्का बनाउन सकिने जानकारी दिए।

जानकारी तथा लेखहरु