फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुलस्त वातावरणमा चीनको विकास हुँदै जानेः सी

(GMT+08:00) 2018-05-16 15:56:02

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १५ तारिख पैचिङमा पोआउ एशिया मञ्चका अध्यक्ष बान किमुनसँग भेट गर्नुभएको छ। भेटमा राष्ट्राध्यक्ष सीले पोआउ एशिया मञ्च यसै शताब्दीको शुरूमा स्थापना भएको र शुरूदेखि नै एशियाली मुलुकको संयुक्त प्रयासमा स्वतन्त्र, बलियो, र चुनौतीको संयुक्त सामाना गर्दै एशियाको प्रभावलाई माथि उकास्ने उद्देश्य लिइँदै आएको जानकारी दिनुभएको छ। यस मञ्चको स्थापना तथा विकास चीनको सुधार तथा खुलापन प्रक्रियासँग सम्बन्धित् रहेको र चीनले खुलस्त वातावरणमा विकास गर्दै जाने पुष्टि पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

भेटमा मञ्चका अध्यक्ष बानले वर्तमान परिस्थितिमा विश्वव्यापीकरण तथा स्वतन्त्र व्यापारको समर्थनमा मञ्चबाट स्पष्ट आवाज उठाइनुपर्ने विचार व्यक्त गर्नुभएको छ। चीनद्वारा प्रस्तुत बेल्ट एण्ड रोड इनिशिएटिभको आधारमा खुला तथा नविन अवस्थामा रहने एशियाको विकासलाई अघि बढाउन आह्वान पनि गर्नुभएको छ। दीर्घकालीन दृष्टिकोणबाट हेर्दा यस मञ्चले एशिया आधारित विश्वव्यापी जनता मेलमिलापयुक्त सह-अस्तित्वको प्रबर्द्धन गर्ने एउटा महत्वपूर्ण मञ्चको रूपमा अघि बढी मानवजाति समुदायको निर्माणका लागि योगदान दिने ठहर पनि अध्यक्ष बानले गर्नुभएको छ।

जानकारी तथा लेखहरु