फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्रीको नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डल अमेरिकामा

(GMT+08:00) 2018-05-16 15:56:28

अमेरिकी सरकारको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चीनका उप-प्रधानमन्त्री एवम् चीन-अमेरिकी चौतर्फी आर्थिक वार्ताको चिनियाँ पक्षका नेता लीउ हको नेतृत्वमा चिनियाँ आर्थिक तथा व्यापारिक प्रतिनिधि मण्डल स्थानीय समय अनुसार १५ तारिख दिउँसो वासिङटनमा पुगेको छ।

प्राप्त जानकारी अनुसार, सो प्रतिनिधि मण्डलका सदस्यहरूमा चिनियाँ जन बैंकका गभर्नर यी काङ, राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख नी चीचे, केन्द्रिय अर्थ समिति कार्यालयका उप प्रमुख रन ल्याउमिन, उप परराष्ट्र मन्त्री चङ चक्वाङ, उप उद्योग तथा सूचना मन्त्री लो वन, उप अर्थ मन्त्री चु क्वाङयाउ, उप कृषि तथा ग्रामीण मन्त्री हान च्युन तथा उप वाणिज्य मन्त्री एवम् अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप प्रतिनिधि वाङ शौवन लगायत चीनका मुख्य आर्थिक विभागका अधिकारीहरू सम्मिलित छन्।

चिनियाँ प्रतिनिधि मण्डल अमेरिका पुग्नुअघि गत हप्ता चिनियाँ कार्य टोली अमेरिका पुगी अमेरिकी सम्बद्ध विभागसँग घनिष्ट सम्पर्क तथा छलफल गर्दै आएको छ।

जानकारी तथा लेखहरु