फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो शाङहाई सहयोग संगठनअन्तर्गत महिला गोष्ठी पैचिङमा सुरु

(GMT+08:00) 2018-05-16 17:55:47
पहिलो शाङहाई सहयोग संगठनअन्तर्गत महिला गोष्ठी १६ तारिख पैचिङमा सुरु भएको छ। यस गोष्ठीको मुख्य विषयवस्तु "महिला शक्ति संकलनका साथै साझा विकासलाई बढाउनु" भन्ने रहेको छ। शाङहाई सहयोग संगठनका सदस्य मुलुक, पर्यवेक्षक मुलुक, महिला संस्था तथा संगठनका लगभग दुई सय प्रतिनिधिहरु उक्त गोष्ठीमा सहभागी हुँदै महिला र नयाँ सिर्जना तथा विकास, महिला र सुन्दर विश्व, महिला र आपसी हितकर सहयोग आदि विषयबारे वैचारिक आदान-प्रदान गरेका छन्।

चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष एवम् राष्ट्रिय महिला संघका अध्यक्ष शनय्येय्येले उद्धाटन समारोहमा सम्बोधन गर्दै उक्त मञ्चमार्फत शाङहाई सहयोग संगठनअन्तर्गत महिला क्षेत्रको आदान-प्रदानलाई गहिरो पार्नुका साथै शाङहाई सहयोग संगठनको आदान-प्रदान तथा सहयोगको विषयलाई प्रशस्त पार्ने आशा उहाँले गर्नुभयो।

जानकारी तथा लेखहरु