फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुम्लामा कार्गो जहाज दुर्घटना दुईको मृत्यु

(GMT+08:00) 2018-05-16 18:29:10

मकालु एयरको नाइन एन जेयु जहाज हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ।

जहाज टुक्राटुक्रा भएको अवस्थामा फेला परेको हो। पाइलट किरण भट्टराई र आदित्य नेपाल दुवैको घटनास्थलमै शव फेला परेको छ।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो लिएर सिमकोटका लागि चालक दलका दुई सदस्यसहित उडेको जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोटमा अवतरण गर्नुपर्ने सेड्युल थियो। तर पौन ७ बजेदेखि नै सम्पर्कविहीन भएको थियो।

जानकारी तथा लेखहरु