फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली चीन विज्ञहरूको गोष्ठी आयोजित

(GMT+08:00) 2018-05-16 19:14:22

नेपालका चीन विज्ञहरूको गोष्ठी आज बुधबार दिउँसो काठमाण्डुस्थित नेपाल-चीन संस्कृति केन्द्रमा आयोजना गरियो।

उक्त गोष्ठीमा अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठ, नेपाल-चीन मैत्री मञ्चका अध्यक्ष कल्याण राज कार्की, काठमाण्डु विश्वविद्यालय कन्फ्यूसियस कलेजका शिक्षक अनिश महत र नेपाल-चीन संस्कृति तथा परीक्षा परिषदका महासचिव दिलिप आचार्यले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत वैदेशिक सम्पर्क विभागका उप-प्रमुख चु छीले सो गोष्ठीमा चीन र विश्वबीच भइरहेको सांस्कृतिक आदान प्रदानबारे जानकारी दिनुभएको थियो। उहाँले विश्वमा चिनियाँ शास्त्र अध्ययन शुरू भएको २०० वर्ष भइसकेको र यस क्रममा गठित पेशागत टोलीको कामबाट चीन र अन्य मुलुक बीचको सांस्कृतिक आदानप्रदानको प्रबर्द्धन भएको बताउँदै चिनियाँ शास्त्र अध्ययनले चीनबारे राम्रोसँग बुझ्न निकै सहयोगी हुने बताउनुभयो। साथै चिनियाँहरूको आफूप्रतिको बुझाइबारे पनि गहन पारिएको र यसबाट चीन र अन्य मुलुक बीचको आदानप्रदानलाई सबल बनाउँदै लगिएको पनि बताउनुभयो। त्यसै गरी चीनले विश्वको विविधताको समर्थन दिइरहेको पनि बताउनभयो।

त्यसै गरी नेपालका लागि चिनियाँ राजदूतावासको संस्कृति विभागका प्रमुख छेतान पाइमूले चीन र नेपालको सांस्कृतिक आदान प्रदानको विकासमा नेपाली चीन विज्ञहरूको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै उहाँले चीन नयाँ युग तथा विकासको नयाँ चरणमा प्रवेश गरिसकेको बताउनु भयो। चीन सपना, बेल्ट एण्ड रोड अवधारणा, मानवजातिको साझा भाग्य समुदाय लगायतका विषयहरूबाट विश्वमा योगदान थपिँदै आएको र नेपालमा चिनियाँ शास्त्र अध्ययनले यसै इतिहास सिर्जना गर्ने अवधिमा नेपाल-चीन मित्रता बढाउने क्रममा अत्यावश्यक पुल स्वरूपको भूमिका निर्वाह गर्ने विश्वास लिएको पनि उहाँले आफ्नो मन्तव्यको क्रममा व्यक्त गर्नुभयो।

 

जानकारी तथा लेखहरु