फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङ र उत्तर कोरियाली श्रमिक पार्टी प्रतिनिधि मण्डलबीच भेटघाट

(GMT+08:00) 2018-05-16 20:10:13

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले १६ तारिख पैचिङमा उत्तर कोरियाली श्रमिक पार्टीको केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय समितिका उपाध्यक्ष पार्क ताइछेनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभएको छ।

भेटमा सीले चीन विशेषतायुक्त समाजवादी नयाँ युगमा प्रवेश भएको र उत्तर कोरिया पनि समाजवादी विकासको नयाँ ऐतिहासिक विकास चरणमा प्रवेश भएको औंल्याउनुभएको छ। चीनले उत्तर तथा दक्षिण कोरिया सम्बन्धको सुधार, उत्तर कोरिया-अमेरिका वार्ताको प्रबर्द्धन, कोरियाली प्रायद्वीपको निशस्त्रिकरण कार्यान्वयन लगायत उत्तर कोरियाको आर्थिक विकासमा चीनले समर्थन दिइरहेको पनि सीले व्यक्त गर्नुभएको छ।

उत्तर कोरियाली श्रमिक पार्टी प्रतिनिधि मण्डलका नेता पार्क ताइछेनले दुई पार्टीका सर्वोच्च नेता बीच हासिल सहमतिलाई कार्यान्वयन गर्न तथा चीनको आर्थिक निर्माण तथा सुधार र खुलापनको अनुभव सिक्न मण्डल चीनमा आएको प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु