फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वीरगन्ज नाकाको व्यापारघाटा बढ्यो

(GMT+08:00) 2018-05-17 15:34:07

भारत र तेस्रो मुलुकतर्फको निर्यात घट्दै गएपछि पछिल्लो समय वीरगन्ज नाकाको व्यापार घाटा उच्च बनेको छ। गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको तुलनामा चालु आर्थिक वर्षको सोहीअवधिमा वीरगन्ज नाकाको व्यापार घाटा ५६ अर्ब चार करोड रुपैयाँ बढी भएको छ।

चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म वीरगन्ज नाकाबाट हुने व्यापार घाटा दुई खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो १० महिनामा वीरगन्ज नाकाको व्यपारघाटा दुई सय ३५ अर्ब ६२ करोड रहेको अन्नपूर्णपोस्टले लेखेको छ।

चालु आवको १० महिनामा भारत र तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै तीन सय अर्ब ६ करोडको सामान आयात भएको छ। तर, त्यही अवधिमा नेपालबाट भने वीरगन्ज नाका हुँदै आठ अर्ब ४० करोड मूल्यको सामान भारत र तेस्रो मुलुकमा निर्यात भएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको पहिलो १०महिनाभन्दा चालु आवको १० महिनामा तीन अर्ब २२ करोड रुपैयाँ कम मूल्यको सामान भारत र तेस्रो मुलुक निर्यात भएको हो।

गत आर्थिक वर्ष २०७३/०७४ को पहिलो १० महिनाभन्दा चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा वीरगन्ज नाका हुँदै विदेशमा निर्यात हुने सामानको कारोबारमा झण्डै २८ प्रतिशतले कमी आएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले यस वर्ष निर्यात घटेको बताए। यादवका अनुसार, वीरगन्ज नाकाबाट सबैभन्दा बढी जुस, स्पोर्टस जुत्ता, दन्तमन्जन, कपडा, जीआई फलामे पाइप, जीवजन्तुको दाना, ऊनी गलैंचा, आर्युवेदिक औषधिलगायत निर्यात हुन्छ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले राज्यले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति नबनाएकै कारण व्यपारघाटा बढ्दै गएको बताए।

जानकारी तथा लेखहरु