फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कामीरिताद्वारा विश्व कीर्तिमानसहित २२ औं पटक सगरमाथामाको आरोहण

(GMT+08:00) 2018-05-17 15:35:02

आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्। शेर्पाले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्। आधार शिविरबाट आरोहण थालेको चौथो दिन उनी शिखरमा पुगेका हुन्।

४८ वर्षीय शेर्पाले यसअघि २१ औं पटक आरोहणको आफ्नै कीर्तिमान तोडेका छन्। २१ पटक सगरमाथाको आरोहण गर्नेमा तीन जना थिए। कामीरिता सहित आपा शेर्पा र फुर्वा टाशी शेर्पाको नाममा २१ औं पटक आरोहण गरेको विश्व कीर्तिमान थियो।

मौसमले साथ दिंदा आरोहीले धमाधम सगरमाथाको आरोहण गरेका छन्। सोमबार झन्डै ५० जना स्वदेशी र विदेशीले सफल आरोहण गरेका थिए भने अहिले झन्डै सय जना अनुकूल मौसमको प्रतिक्षामा रहेको आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएको नागरिकन्यूजले लेखेको छ। यस पटकको सगरमाथाको आरोहण मे पहिलो साताबाट सुरु भएको हो।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले २४ वर्षको उमेरमा सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। उनी २९ सदस्यीय टोलीका साथ अमेरिकन ट्राभल कम्पनीमार्फत सगरमाथाको कीर्तिमानी २२ औं पटक आरोहण गर्न सफल भएका हुन्।

जानकारी तथा लेखहरु