फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका आर्थिक व्यापारिक अन्तर्विरोध चर्कंदै जाने दृश्य देख्न नचाहेको चीनको धारणा

(GMT+08:00) 2018-05-17 15:57:02
चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले सत्र तारिख पैचिङमा चीन र अमेरिका दुवै पक्षले छलफलमार्फत राम्रोसँग अन्तर्विरोधको समाधान गर्न र मतभेदलाई कम गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ। चीन-अमेरिका आर्थिक व्यापारिक अन्तर्विरोध चर्कंदै जाने दृश्य देख्न नचाहे तापनि विभिन्न किसिमका सम्भावनाको सामना गर्न चीन तत्पर रहेको पनि उहाँले औँल्याउनुभएको छ।

चीनको वाणिज्य मन्त्रालयद्वारा आजै आयोजित नियमित पत्रकार सम्मेलनमा चीन-अमेरिका आर्थिक तथा व्यापारिक समस्या पुन: एकपल्ट सञ्चार-माध्यमको ध्यानाकर्षणको विषय बनेको देखिन्छ। प्रेस प्रवक्ता काउ फङले पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको छ।

उक्त पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयले विदेशी पूँजी आकर्षण सम्बन्धमा पछिल्लो तथ्याङ्क पनि सार्वजनिक गरेको छ। यसबाहेक, आगामी नोभेम्बर महिनामा चीनले शाङ्गहाईमा पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात-निर्यात एक्स्पोको आयोजना गर्ने जानकारी पनि प्रवक्ता काउले दिनुभएको छ।

जानकारी तथा लेखहरु