फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशौं चीन-अमेरिका उद्योग-वाणिज्य नेता तथा पूर्व उच्च पदाधिकारीको सम्झौता-वार्ता पैचिङमा सम्पन्न

(GMT+08:00) 2018-05-17 16:01:35
दशौं चीन-अमेरिका उद्योग-वाणिज्य नेता तथा पूर्व उच्च पदाधिकारीको सम्झौता-वार्ता सोह्र तारिख पैचिङमा सम्पन्न भएको सिन्ह्वा समाचार समितिले जनाएको छ। दुई दिनसम्म चलेको सम्झौता-वार्तामा दुवै पक्षले चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धबारे सदिच्छापूर्वक आदान-प्रदान गरेका थिए। छलफलका विषयहरूमा चीन-अमेरिका व्यापारिक अन्तर्विरोध, दुवै पक्षको भावी नीतिको दिशा, बेल्ट एण्ड रोड सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य र डिजिटल अर्थतन्त्र, ऊर्जा, कृषि तथा उद्योग आदि समावेश छन्।

हाल चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्ध महत्वपूर्ण ऐतिहासिक अवधिमा रहेकाले समान र आपसी हितयुक्त आर्थिक व्यापारिक सम्बन्ध दुवै देशको सम्बन्धको बलियो जग भएको चिनियाँ प्रतिनिधिले औँल्याएका छन्।

अमेरिकी प्रतिनिधिले अमेरिकी उद्योग-वाणिज्य क्षेत्रले विगतमा झैं द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई स्थिर र स्वस्थ रुपमा विकसित पार्दै जाने बताएका छन्।

जानकारी तथा लेखहरु