फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीका विशेष दुत लिउ हद्वारा किस्सिङ्गर र अमेरिकी साँसदहरुसँग भेट-वार्ता

(GMT+08:00) 2018-05-17 17:05:05

अमेरिकाको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सीका विशेष दुत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, उपप्रधानमन्त्री एवम् चीन र अमेरिकाबीचको चौतर्फी आर्थिक वार्ताअन्तर्गत चिनियाँ पक्षका नेता लिउ हले १६ तारिख वाशिङटनमा पूर्व अमेरिकी विदेशमन्त्री हेन्री किस्सिङ्गर र अमेरिकी सिनेटका अस्थायी अध्यक्ष एवम अर्थतन्त्र समितिका अध्यक्ष ओरिन हाट्च र प्रतिनिधि सभाको कोष सङ्कलन समितिका अध्यक्ष केभिन ब्रडीलगायतका साँसदहरुसँग भेट-वार्ता गर्नुभएको छ।

किस्सिङ्गरसँग वार्ता गर्दै विशेष दुत लिउ हले चीन तथा अमेरिकाको मित्रतामा दीर्घकालदेखि किस्सिङ्गरले गर्दैआएको प्रयासको उच्च प्रशंसा गर्नुभयो।

अमेरिका र चीनको सम्बन्ध निकै महत्वपूर्ण रहनुका साथै विश्व शान्ति तथा समृद्धिसित पनि सम्बन्धित रहेको किस्सिङ्गरले व्यक्त गर्नुभयो।

अमेरिकी साँसदहरुसँग वार्ता गर्दै दीर्घकालमा चीन र अमेरिकाले स्वस्थ र स्थीर सकारात्मक सम्बन्धको विकास गरेमा दुई देशका जनताको मूल फाइदासँग अनुकुल हुनुका साथै अन्तर्राष्ट्रिय समाजको आशा अनुरूप पनि हुने उपप्रधानमन्त्री लिउ हले बताउनुभयो। मतभेदभन्दा चीन र अमेरिकाको साझा फाइदा धेरै भएकाले सहयोग गरेमा दुवैलाई हित हुने र संघर्ष भएमा दुवैलाई क्षतिपुग्ने पनि बताउनुभयो।

साँसदहरुका अनुसार, अमेरिकाले चीनसँग राम्रो सम्बन्धलाई कायम राख्ने इच्छा लिएको छ। हाल दुई देशका आर्थिक तथा व्यापारिक क्षेत्रमा केही समस्या भए तापनि व्यापारिक संघर्ष हुनु हुँदैन। दुवै पक्षले समन्वयमार्फत सक्रिय रुपमा समाधानका उपाय पत्ता लगाउने आशा साँसदहरुले गरेका छन्।

जानकारी तथा लेखहरु