फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पन्ध्रौँ चिनियाँ अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन कार्यक्रम प्रदर्शनी पैचिङमा शुरु

(GMT+08:00) 2018-05-17 17:40:19

पन्ध्रौँ चिनियाँ अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन कार्यक्रम प्रदर्शनी सत्र तारिखदेखि पैचिङमा शुरु भएको छ। पचासभन्दा बढी मुलुक र क्षेत्रका अन्तर्राष्ट्रिय चलचित्रलगायत विविध क्षेत्रका व्यवसायीहरू सहभागी भएका छन्। प्रदर्शनीको क्रममा विदेशी सञ्चार-माध्यम र दर्शकहरूले चिनियाँ संस्कृति बोकेका चिनियाँ चलचित्र र टेलिभिजन कार्यक्रममा चासो राख्नुका साथै समग्रमा प्रदर्शनी रूचाएका छन्।

चाइना मिडिया ग्रुपको तत्वावधानमा आयोजित सो चिनियाँ अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन कार्यक्रम प्रदर्शनीमा नाम दर्ता गरिएका व्यापारीहरूको संख्या तीन सयभन्दा बढी छ। प्रदर्शनीमा देश र विदेशका अधिकांश उत्कृष्ठ टेलिभिजन नाटक, चलचित्र, वृत्त-चित्र, कार्टुन चलचित्र र टेलिभिजन कार्यक्रम आदि समेटिएको छ।

चिनियाँ रेडियो चलचित्र र टेलिभिजन कार्यक्रम कारोबार केन्द्रका मेनेजर श्रीमती शन च्या निङका अनुसार, यस प्रदर्शनी पहिलो पल्ट चाइना मिडिया ग्रुपले आयोजना गरेको मात्र नभई चीन नयाँ युगमा प्रवेश गरेको पहिलो प्रदर्शनी पनि हो। चिनियाँ चलचित्र र टेलिभिजन व्यवसायको भावी विकासलाई अवगत गराउन र त्यस व्यवसायलाई स्वस्थ रुपमा विकसित पार्नका लागि सो प्रदर्शनीको ज्यादै‍ महत्वपूर्ण अर्थ रहेको छ।

जानकारी तथा लेखहरु