फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एमाले र माओवादी एकता अब 'नेकपा कम्युनिष्ट पार्टी'

(GMT+08:00) 2018-05-17 19:44:04

एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको घोषणा गरिएको छ। दुई दल मिलेर 'नेकपा कम्युनिष्ट पार्टी' बनेको छ।

बालुवाटारमा बसेको संयुक्त बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग गरेको घोषणा गर्नुका साथै ९ सदस्यीय हेडक्वाटर गठनको निर्णयसँगै ४४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका सबै सदस्यले संयुक्त रुपमा सपथ लिएका छन्। बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा नेकपाको नयाँ नेतृत्वले संयुक्त रुपमा सपथ लिएको हो। बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सपथ खुवाएका थिए भने प्रचण्डले ओलीलाई सपथ खुवाएका थिए।

त्यसलगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिंगो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए।

जानकारी तथा लेखहरु