फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई सहयोग संगठनका सदस्य मुलुकका संस्कृति मन्त्रीबीच पन्ध्रौं बैठक हाइनानमा

(GMT+08:00) 2018-05-18 18:47:05

         शाङहाई सहयोग संगठनका सदस्य मुलुकका संस्कृति मन्त्रीबीच पन्ध्रौं बैठक १६ तारिखदेखि १७ सम्म हाइनान प्रान्तीय सानया शहरमा आयोजित भएको छ। बैठकमा चीन, भारत, कजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, टर्किस्तान र उज्वेकिस्तानका प्रतिनिधि मण्डलले "शाङहाई सहयोग संगठनका सदस्य मुलुक सरकारबीच सांस्कृतिक सहयोग सन्धिअन्तर्गत सन् २०१८ देखि २०२० सम्म योजना"मा हस्ताक्षर गरेका छन्।

         पहिलोपटक सदस्य मुलुकको हैसियतमा भारत शाङहाई सहयोग संगठनअन्तर्गत संस्कृति मन्त्रीस्तरीय बैठकमा सहभागी भएको छ। उक्त अवसरमा भारतीय संस्कृति सचिव पद्मा साहुले संस्कृतिले विभिन्न देश तथा जातिका मनलाई जोड्ने बताउनुभयो। उहाँका अनुसार, वाणिज्य, शिक्षा तथा अरु क्षेत्रमा आदान-प्रदान गर्नुअघि संस्कृतिको आदान-प्रदान तथा सम्पर्कको स्थापना गर्नुपर्छ।

जानकारी तथा लेखहरु